दफा २६
अभिलेख राख्नु पर्ने
: (१) प्रतिष्ठानले आफ्नोप्रतिष्ठानमा कार्यरत अपाङ्गता भएका व्यक्तिको सङ्ख्या, निजलाई उपलब्ध गराइएको सुविधा तथा तोकिए बमोजिम अन्य विवरण समेतको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम राखिएको अभिलेख प्रतिष्ठानले कार्यालय समयभित्र निरीक्षण गर्न चाहनेका लागि निरीक्षण गर्न खुला राख्नु पर्नेछ ।